२१ बैशाख २०८१, शुक्रबार

साफ च्याम्पियनसीपको ड्र सार्वजनिक


SAFF

एजेन्सी, ५ वैशाख । बंग्लादेशमा हुने साफ च्याम्पियनसीपको ड्र सार्वजनिक भएको छ । नेपाल समूह ए मा परेको छ । नेपाल रहेको समूहमा बंग्लादेशसँगै भुटान र पाकिस्तान गरी चार टिम रहेका छन् ।

दक्षिण एसियाली फुटबल महासंघ ढाकामा गरेको ड्र मा समूह बी मा भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् । आयोजकका नाताले बंग्लादेशलाई समूह ए को शीर्ष वरियतामा राखिएको थियो भने साविक विजेताका नाताले भारतलाई पहिलो वरियता दिइएको थियो ।

त्यसपछि विश्व वरियतामा नेपाललाई तेस्रो स्थानमा राखिएको थियो । जसमा नेपाल समूह ए मा परेको हो । ७ टोलीको सहभागिता रहने साफमा नेपालसहित भारत, आयोजक बंग्लादेश, भुटान, श्रीलङ्का, माल्दिभ्स र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । यसअघिका संस्करणमा फाइनल यात्रा तय गरेको अफगानिस्तान भने मध्य एसियामा सरेपछि सहभागी टोली संख्या ७ मा झरेको हो ।

नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको सेमिफाइनल चरण पार गरेको छैन । पछिल्लो संस्करणमा समूह चरणबाटै बाहिरीएको नेपाल २०१३ मा सेमिफाइनलमा पराजित भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !