२१ बैशाख २०८१, शुक्रबार

मालागालाई हराउँदै रियल शीर्ष तीनमा उक्लियो


Real Madrid

एजेन्सी, ३ वैशाख । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले मालागालाई पराजित गरेको छ । जितसँगै रियल लिगको शीर्ष तीन स्थानमा उक्लिएको छ । मालागाको मैदानमा भएको खेलमा रियाल २ – १ ले विजयी भयो ।

खेलको २९ औं मिनेटमा इस्कोको गोलमा रियालले अग्रता बनाएको थियो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको रियलका लागि ६३ औं मिनेटमा कासेमेरोले गोल गर्दै खेल २ – ० को अवस्थामा पुर्‍याए ।

उनले इस्कोको पासको सदुपयोग गरेका थिए । तर खेलको इन्जुरी समयमा मालागाले एक गोल फर्काए पनि हार टार्न भने सकेन । जितसँगै रियल लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

३२ खेलबाट रियलको ६७ अंक छ भने दोस्रो स्थानको एथ्लेटिकोको ७१ र शीर्ष स्थानको बार्सिलोनाको ८२ अंक छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !