२२ बैशाख २०८१, शनिबार

इंग्लिस प्रिमियर लिगको उपाधि म्यान्चेष्टर सिटीलाई


Manchester-City

एजेन्सी, ३ वैशाख । इंग्लिस प्रिमियर लिगको उपाधि म्यान्चेष्टर सिटीले जितेको छ । आइतबार राति भएको खेलमा म्यान्चेष्टर युनाइटेड प्रिमियर लिग तालिकाको पुछारमा रहेको वेष्टब्रमसँग अप्रत्यासित पराजित भएपछि म्यान्चेष्टर सिटीले पाँच खेल अगावै उपाधि कब्जा गरेको हो ।

वल्ड ट्राफर्डमा घरेलु टिमलाई हराउनका लागि जेय रोद्रिगेजले खेलको ७३ औं मिनेटमा गोल गरेका थिए । प्रिमियर लिगमा युनाइटेडले पाँच खेल खेल्न बाँकी रहँदा १६ अंकले पछि छ । ३३ खेलमा दुईवटामा मात्र पराजय भोगेको सिटीले ९३ गोल गरेको छ भने २५ गोलमात्र खाएको छ ।

सिटीको सातौं सिजनमा यो तेस्रो प्रिमियर लिग उपाधि हो । प्रशिक्षक पेप ग्वार्डिअाेलाको भने यो २४ औं उपाधि हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !