२२ बैशाख २०८१, शनिबार

आर्सनल न्यूक्यासलसँग २–१ ले पराजित


Newcastle Fc

एजेन्सी, ३ वैशाख । इंग्लिस प्रिमियर लिगमा आर्सनल न्यूक्यासल युनाइटेडसँग पराजित भएको छ । न्यूक्यासलको मैदानमा भएको खेलमा १ – ० को अग्रता कायम राख्न नसक्दा आर्सनल पराजित हुनपुग्यो ।

पिएरे अबामेयाङको पासमा अलेक्सान्द्रे लाकाजेटीले गोल गर्दै आर्सनललाई खेलको १४ औं मिनेटमा अग्रता दिलाए । तर २९ औं मिनेटमा अयोजी पेरेजले न्यूक्यासलका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याए । ६८ औं मिनेटमा म्याच रिचीले अर्को गोल थप्दै न्यूक्यासललाई २-१ को  जित दिलाए ।

यही गोलले न्यूक्यासलले आर्सनललाई हरायो । जीतसंगै न्युक्यासलले तीन अंक जोड्दै तालिकामा ४१ अंक बनाएको छ । आर्सनल भने ५४ अंकसहित छैटौं स्थानमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !