२१ बैशाख २०८१, शुक्रबार

ला लिगामा एथ्लेटिकोले लेभान्टेलाई ३–० ले हरायो


Athletic madrid

एजेन्सी, ३ वैशाख । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले लेभान्टेलाई पराजित गरेको छ ।

मड्रिडमा भएको खेलमा लेभान्टे घरेलु टिमसँग ३–० ले पराजित भएको हो । एथ्लेटिको मड्रिडलाई जिताउनका लागि एंगल कोरेयाले ३३ औं मिनेटमा, एन्टोनी ग्रिजमनले ४८ औं मिनेटमा र फर्नाण्डो टोरेसले ७७ औं मिनेटमा गोल गरे ।

जितसँगै एथ्लेटिकोले ७१ अंक बनाएको छ भने लेभान्टे रेलिगेशन क्षेत्रभन्दा पाँच अंकमात्र माथि छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !