२० जेष्ठ २०८१, आइतबार

कजाकस्तानमा प्रदर्शनका क्रममा १६४ जनाको मृत्यु, ५००० भन्दा बढी पक्राउ


कजाकस्तानमा प्रदर्शन

अल्माटी, काजाकिस्तान । कजाकिस्तानमा हिंसात्मक उथलपुथलमा कम्तिमा १६४ व्यक्तिको मृत्यु भएको छ भने ५,००० भन्दा बढीलाई हिरासतमा राखिएको छ ।

कजाकिस्तानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै आइतबार राज्य सञ्चालित टिभी स्टेसन खबर २४ ले प्रकाशित गरेको मृत्युको संख्यामा उल्लेख्य वृद्धि भएको पनि सीएनएनले रिपोर्ट गरेको छ ।

कजाकिस्तानको सरकारी सञ्चारमाध्यमका अनुसार कजाकस्तानमा भएको विरोध प्रदर्शनमा संलग्न भएको आशंकामा अहिलेसम्म कम्तिमा ५,१३५ व्यक्तिलाई पक्राउ गरिएको देशको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

इन्धनको मूल्यमा भएको ठूलो वृद्धिले कजाकहरू क्रुद्ध भएका छन् । कजाकस्तान तेल र प्राकृतिक ग्याँसको निर्यातकर्ता हो र मध्य एसियाली देशमा विरोध प्रदर्शनले सरकारको राजीनामा र रुसका सैनिक परिचालन सहित सङ्कटकालको घोषणा गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !