८ जेष्ठ २०८१, मंगलबार

भारतमा पछिल्लो २४ घण्टामा १,१७,१०० जनामा कोरोना संक्रमण


भारतमा कोरोना भाइरस

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा १,१७,१०० जनामा नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन् । बिहिबारको तुलनामा २८.८ प्रतिशत बढी संक्रमित भेटिएका छन् ।

अन्तर्राष्ट्रिय समाचार अनुसार भारतमा ७ महिनापछि दैनिक संक्रमितको संख्या १ लाख पार भएको छ । यसअघि ६ जुनमा एक लाख बढी संक्रमित भेटिएका थिए । भारतमा हालसम्म ३,५२,२६,३८६ नयाँ संक्रमित भेटिइसकेका छन् । यस्तै भारतमा पछिल्लो २४ घण्टामा ३०२ जनाको मृत्यु भएको छ । हालसम्म यहाँ ४.८३ जनाको मृत्यु भइसकेको छ ।

अन्तर्राष्ट्रिय समाचार अनुसार भारतमा निको हुने दर ९७.५७ प्रतिशत छ । पछिल्लो २४ घण्टामा यहाँ ३०,८३६ बिरामी निको भएका छन् । हालसम्म यहाँ ३,४३,७१,८४५ जनाले कोरोनालाई जितिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !