५ जेष्ठ २०८१, शनिबार

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा


Bayern Munich

एजेन्सी, २९ चैत । जर्मन क्लब बार्यन म्युनिख च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल पुगेको छ । घरेलु मैदानमा भएको क्वाटरफाइनलको दोश्रो लेगमा सेभिल्लासँग गोलरहित बराबरीमा रोकिए पनि पहिलो लेगमा बनाएको दुई एकको अग्रताका कारण बार्यन सेमिफाइनलमा प्रवेश गरेको हो ।

जर्मन लिगको उपाधि विजेता बार्यनले घरेलु मैदानमा पछिल्ला दुई खेलमा ठूलो अन्तरको जित निकाले पनि सेभियासँग भने जित हात पार्न सकेन । डिफेन्डर जोयक्विन कोरीले रातो कार्ड पाएपछि सेभिल्ला १० खेलाडीमा सिमित भएको थियो ।

बार्यन च्याम्पियन्स लिगको सेमिफाइनलमा धरैपटक पुग्ने दोस्रो टिम हो । रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा १३ पटक पुगेको छ । बार्यनको यो ११ औं च्याम्पियन्स लिगको सेमिफाइनल हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !