५ जेष्ठ २०८१, शनिबार

च्याम्पियन्स लिग : साविक विजेता मड्रिड सेमिफाइनलमा प्रवेश


Real madrid

एजेन्सी, २९ चैत । साविक विजेता रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा रियलले युभेन्टसमाथि रोमाञ्चक जित निकाल्दै आफ्नो उपाधि यात्रा कायम राख्यो ।

पहिलो लेगमा ३–० ले विजयी भएको रियल घरेलु मैदानमा भएको दोस्रो लेगमा ३–१ ले पराजित भएपछि समग्रमा चार तीन गोल अन्तरले सेमिफाइनलमा स्थान बनाउन सफल भयो । उत्कृष्ट कमब्याक गर्ने योजनामा देखिएको युभेन्टसले तीन शुन्यको अग्रता बनाइसकेको थियो । तर अन्तिम समयमा क्रिस्टियानो रोनाल्डोको गोलमार्फत रियलले अन्तिम चारमा स्थान बनायो ।

खेलको दोस्रो मिनेटमा नै सामी खिदेराको पासमा मारीयो मन्जुकिकले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । त्यसपछि ३७ औं मिनेटमा पुनः मन्जुकिकले नै गोल गर्दै युभेन्टसलाई दुई शुन्यको अवस्थामा पुर्याए । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको युभेन्टसले दोस्रो हाफमा थप एक गोल गरे पनि दश खेलाडीमा झर्न पुग्यो ।

खेलको ६० औं मिनेटमा ब्लेइजी मातिउदीले युभेन्टसका लागि तेस्रो गोल गरे । तर खेलको इन्जुरी समयको दोस्रो मिनेटमा युभेन्टसका गोलकिपर बुफोन रातो कार्ड पाउँदै मैदानबाट बाहिरीए ।

त्यसपछि अन्तिम मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै टिमलाई सेमिफाइनलमा पुर्याए । रोनाल्डोले युभेन्टसविरुद्ध च्याम्पियन्स लिगमा १० औं गोल गर्न सफल भए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !