६ बैशाख २०८१, बिहिबार

भारतमा हेलिकप्टर दुर्घटना : ५ जनाको मृत्यु, घाइते सेना प्रमुखलाई अस्पताल लगियो


भारतको तमिलनाडुमा सेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना

चेन्नई । भारतको तमिलनाडुमा सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना भएको छ । आज बुधबार दुर्घटनाग्रस्त भएको हेलिकोप्टरमा सुरक्षा प्रमुख (सीडीएस) बिपिन रावत, उनकी श्रीमती, उनका कर्मचारी र केही परिवारका सदस्यहरुसहित १४ जना सवार रहेको बताइएको छ ।

तमिलनाडुको कोइम्बटूर र सुलुरको बीचमा दुर्घटनाग्रस्त भएको जनाइएको छ । हेलिकोप्टर दुर्घटना हुँदा मृत्यु भएका ५ जनाको शब प्राप्त भएको छ भने ३ जना घाइतेलाई अस्पताल लगिएको जी न्युजले बताएको छ । हेलिकोप्टर दुर्घटना हुँदा गम्भीर अवस्थामा रहेका सेना प्रमुख रावतलाई पनि अस्पताल लगिएको छ ।

खोजी र उद्धार कार्य सुरु गरिएको स्रोतले जनाएको छ । दुर्घटना के कारणले भयो भन्ने पनि अहिलेसम्म केही खुलेको छैन । थप विवरणहरु प्राप्त नभएको जनाइएको छ ।

यो पनि पढ्नुहोस्

भारतको तमिलनाडुमा सेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !