२१ बैशाख २०८१, शुक्रबार

भारतीय रक्षा मन्त्रालयको वेबसाइट ह्याक


एजेन्सी, २४ चैत । भारतीय रक्षा मन्त्रालयको आधिकारिक वेबसाइट एमओडी डट जीओभी डट आईएन शुक्रबार ह्याक भएको छ ।

रक्षा मन्त्रालयको वेबसाइटमा चिनियाँ अक्षर देखिएकाले भारतीय सञ्चारमाध्यमले चिनियाँ ह्याकरले वेबसाइट ह्याक गरेको अनुमान गरेका छन् । तर यसको आधिकारिक पुष्टि भने भैसकेको छैन ।

भारतीय सरकारी कार्यालयका अाधिकारिक वेबसाइट ह्याक भएकाे याे पहिलाे घटना भने हाेइन । गएकाे वर्ष पनि भारतीय गृह मन्त्रालयकाे वेबसाइट ह्याक भएकाे थियाे । सन् २०१६ मा युराेप र अफ्रिकामा रहेका विभिन्न भारतीय कुटनीतिक नियाेगका वेबसाइटमा पनि साइबर अाक्रमण भएकाे थियाे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !