२५ बैशाख २०८१, मंगलबार

कपिल फेरि विवादमा, रानी मुखर्जीसँगको सुटिङ स्थगित


Kapil and Rani

एजेन्सी, १५ चैत  । कपिल शर्माको नयाँ शो ‘फ्यामिली टाइम विथ कपिल’ सुरु भएको एक साता नवित्दै फेरि विवादमा आएका छन् । कपिलले बलिउड नायिका रानी मुखर्जीसँग प्रमोशनल एपिसोडको सुटिङ स्थगित गरेका छन् । मुखर्जी आफ्नो नयाँ चलचित्र ‘हिच्की’ को प्रमोट गर्न शो मा आउने भएकी थिइन् ।

तर कपिलले बुधबार साँझ गर्ने भनिएको प्रमोशनल एपिसोडको सुटिङ गर्न नसकिने भन्दै बिहान फोनमार्फत जानकारी गराएपछि सुटिङ स्थगित भएको थियो । भारतीय मिडिया ‘इन्डियन एक्सप्रेस’का अनुसार रानीसँग हुने भनिएको सुटिङ अचानक स्थगित भएपछि पूरै टिम निराशमा रहेको छ ।

केही दिन अघि कपिल शर्माले बलिउड अभिनेता टाइगर श्राफ र दिशा पटानीसँगको सुटिङ स्थगित गरेको खबर आएको थियो । यो बारेमा कपिलले ट्विटरमार्फत सफाइ दिँदै उनीहरुसँग सुटिङको कुनै तालिका नभएको जानकारी दिएका थिए । उनले ट्विटरमार्फत टाइगरलाई उनको आउँदै गरेको चलचित्र ‘बागी २’ को बधाई पनि दिएका थिए ।

गएको वर्ष कपिल निकै विवादमा रहेका थिए । गएको वर्ष अष्ट्रेलियाको एक कार्यक्रमबाट फर्किने क्रममा कपिलको सुनिल ग्रोबरसँग झगडा भएको थियो । जसका कारण सुनिलले उनको शो ‘कमेडी नाइट्स विथ कपिल’ छोडेका थिए ।

कपिलले बलिउडका चर्चित अभिनेता शाहरुख खान, अजय देवगन, अर्जुन कपुर, अनिल कपुरलगायतका कलाकारलाई सुटिङ नगरि फर्काएको आरोप पनि लाग्ने गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !