२० बैशाख २०८१, बिहिबार

एफए कप : सेमिफाइनलको ड्र सार्वजनिक


FA_Cup_logo

५ चैत, काठमाण्डौ ।   इंग्लिस फुटबल प्रतियोगिता एफए कपको सेमिफाइनलको ड्र सार्वजनिक भएको छ । सेमिफाइनल समिकरण पुरा भएसँगै गरिएको ड्र अनुसार पहिलो सेमिफाइनलमा म्यानचेस्टर युनाईटेडले टोटनह्यामसँग वेम्ले मैदानमा खेल्नेछ ।

यस्तै अर्को सेमिफाइनलमा चेल्सीले साउथह्याम्टनसँग प्रतिस्पर्धा गर्नेछ । चेल्सीले गएराति लेस्टर सिटीलाई हराएको थियो भने साउथह्याम्टनले विगान एथ्लेटिकलाई पराजित गरेको थियो ।

त्यसअघि भएको खेलमा म्यानचेस्टर युनाईटेडले ब्रिङटोनलाई र टोटनह्यामले स्वान्से सिटीलाई पाखा लगाएका थिए । ड्र कार्यक्रमकी उद्घोषक लेन्सी हिपग्रेभले सेमिफाइनलका प्रतिद्धन्द्धीको नाम उल्टो बताएपछि उपस्थित सबै अचम्ममा परेका थिए ।

उनले सेमिफाइनलमा चेल्सीले म्यानचेस्टर युनाईटेड र साउथह्याम्टनले टोटनह्यामसँग खेल्ने बताएकी थिइन् । यस विषयमा उनले ट्विटरमा माफि मागेकी छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !