५ जेष्ठ २०८१, शनिबार

होटल भवन भत्किँदा मृत्यु हुनेको संख्या सत्र पुग्यो


मृत्यु प्रतीकात्मक तस्वीर

नानजिन । चीनको पूर्वी प्रान्त जियान्सुको सुजोउ भन्ने स्थानमा सोमबार एक होटलको भवन भत्किँदा त्यसमा रहेकामध्ये मृत्यु हुनेको संख्या १७ पुगेको बताइएको छ । त्यस दुर्घटनामा परी सोमबार मात्र आठ जना नागरिकको ज्यान गएको बताइएको थियो ।

सोमबार अपरान्ह भत्किएको सो भवनमा थप नौ जना हराइरहेका बताइएको थियो । जियान्सु प्रान्तका अधिकारीहरुले बुधबार उक्त भवनमा परेर हराइरहेका मध्ये थपको ज्यान गएकोले त्यसमा परेर ज्यान गुमाउनेको संख्या १७ पुगेको बताइएको हो ।

सोमबार अपरान्ह सो भवन भत्किँदा त्यसमा रहेका करिब २३ जना नागरिक च्यापिएका थिए । तीमध्ये आठ जनाको निधन भएको र अरु हराइरहेका चिनिया अधिकारीहरुले मंगलबार जनाएका थिए ।
त्यसमा च्यापिएकाहरुको उद्धारका लागि सुरक्षाकर्मी तथा अन्य उद्धारकर्मीहरुले काम गरिरहेका छन् । त्यसैगरी सो भवन के कति कारणले भत्किएको हो भन्ने बारेमा अनुसन्धान शुरु भएको पनि प्रहरीले जानकारी दिएको छ ।

उक्त होटलको भवन के कसरी निर्माण गरिएको थियो भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । भवनमा परेकाहरुमध्ये पाँच जनाको सकुशल उद्धार गरिएको बताइएको छ ।
चिनियाँ अधिकारीहरुले बुधबार बिहान ९ बजे उक्त उद्धार कार्यको अन्त्य भएको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !