२५ बैशाख २०८१, मंगलबार

च्याम्पियन्स लिग : लिभरपुल क्वार्टर फाइनलमा  


Liverpool

एजेन्सी, २३ फागुन । च्याम्पियन्स लिगमा पोर्चुगिज क्लब पोर्तोलाई हराउँदै लिभरपुल क्वार्टर फाइनलमा पुगेको छ ।

एन्फिल्डमा भएको दोस्रो लेग गोलरहित बराबरीमा टुंगिएपछि लिभरपुलले पोर्तोमाथि समग्रमा ५–० को जित हात पा¥यो ।

पहिलो लेगमा हात पारेको ५–० को विशाल जितका कारण लिभरपुलका प्रशिक्षक जर्जेन क्लोपले मुख्य खेलाडीलाई आराम दिएका थिए ।

लिभरपुल सन् २००९ पछि पहिलो पटक च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !