३ असार २०८१, आइतबार

भारतमा हिजो दुइ लाख भन्दा कम व्यक्तिमा कोरोना संक्रमण


भारत

नयाँदिल्ली । भारतमा पछिल्ला केही दिनदेखि कोभिड–१९ बाट संक्रमितको संख्या भने घटेको छ । गत २४ घण्टामा एक लाख ९६ हजार ४२७ जना नयाँ संक्रमित भेटिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको छ । भारतमा दुइ लाख भन्दा कम व्यक्तिमा कोरोना सक्रमण भेटिएको ४० दिनयता हिजो पहिलो पटक हो ।

कोरोना शुरु भएयता हालसम्म यहाँ दुइ करोड ६९ लाख २४ हजार ८७४ जनामा कोरोना संक्रमण भइसकेको छ । भारतमा अझै पनि २५ लाख ८६ हजार ७८२ जनामा सक्रिय संक्रमित रहेका छन् ।

भारतमा कोरोनाभाइरस महामारीबाट विगत २४ घण्टामा थप तीन हजार ७४१ जनाको मृत्यु भएको मन्त्रालयले मंगलबार जनाएको छ । हिजो सोमबार केही दिनयताको तुलनामा मृतकको संख्यामा पनि कमि आएको बताइएको छ । ु भारतमा बढी घातक मानिएको कोभिड–१९ को दोस्रो लहर शुरु भएयता दैनिक चार हजारको हाराहारीमा संक्रमितको मृत्यु भइरहेको छ ।

भारतमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख नाघेको छ । कोभिड–१९ को दोस्रो लहर निकै घातक रहेको र बिरामीलाई तत्कालै अक्सिजन दिनुपर्ने देखिएको छ । विज्ञहरुको भनाईमा भारत सरकारले सार्वजनिक गरेको विवरण भन्दा बढी संख्यामा कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । यद्यपी यसको प्रष्ट विवरण प्राप्त भइसकेको छैन ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गरेको थियो । सो समयबाट हालसम्म करिब १९ करोड ८५ लाख ३८ हजार९९९ डोज खोप लगाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !