५ जेष्ठ २०८१, शनिबार

भारतले बनाएको कोरोनाको ‍औषधि रक्षा र स्वास्थ्यमन्त्रीले गरे सार्वजनिक


भारतले बनाएको कोरोनाको ‍औषधि

नयाँ दिल्ली । दक्षिणतिरको मित्रराष्ट्र भारतले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको औषधि तयार गरेको दाबी गरेको छ । भारतको रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) द्वारा बनाइएको २-डिजी नामक कोरोनाको औषधि आज सोमबार रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री हर्ष बर्द्धनले सार्वजनिक गरेका हुन् ।

रक्षामन्त्री सिंहले यो औषधि कोरोना संक्रमित विरामीका लागि प्रभावकारी सिद्ध हुने विश्वास व्यक्त गर्दै यो भारतको अनुसन्धान र विज्ञताको प्रशंशा गरेका छन् । नवनिर्मित यो औषधिलाई भारतमा कोभिड-१९ संक्रमित बिरामीको लागि तयार पारिएको पहिलो ‍औषधि मानिएको छ ।

यो ‍औषधिलाई भारत सरकारले आपतकालीन प्रयोगको लागि अनुमति दिएतापनि सामान्य प्रयोगको लागि अनुमति नपाएसम्म यो औषधि बजारमा तत्काल उपलब्ध हुने छैन ।

यस्तो छ उक्त औषधिको बारेमा भारतीय रक्षा मन्त्रालयले गरेको ट्वीट

बिबिसीका अनुसार भारतले कोभिड-१९ को उपचार गर्न नयाँ विकसित औषधि वितरण गर्न सुरु गरेको बताएको छ । अधिकारीहरूले २-डीजीलाई अनुमोदन गरिसकेका छन् भने यसलाई पहिले राजधानी, दिल्लीभरिका अस्पतालहरूमा प्रयोग गरिने छ ।

भारत सरकारले यो औषधिले कोरोना संक्रमित भारतीय जनताका लागि ठूलो फाइदा गर्ने बताएको छ । यद्यपि केही आलोचकहरू कोभिड उपचारको रूपमा औषधीको आपतकालीन अनुमोदनको लागि पर्याप्त अनुसन्धान भई नसकेको भनेर आलोचना गरिरहेका छन् ।

उक्त औषधिको बारेमा बिबिसीले यस्तो लेखेको छ

India rolls out new local Covid drug after emergency approval

उक्त औषधिको बारेमा जी बिजनेश टिभीको वेभसाइटमा यस्तो छ समाचार

DRDO 2DG Covid-19 medicine (oral) released today; Here is how you will benefit from 2-deoxy-D-glucose (2-DG) drug in powder form


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !