४ जेष्ठ २०८१, शुक्रबार

‘मापसे गरेर कार चलाउनुस् वा घोडा चढ्नुस्, अपराध उस्तै हो’


ejensi

एजेन्सी, १५ फागुन ।अमेरिकाको क्यालिफोर्नियामा मापसे गरेर घोडामा सवार एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई जरिवाना गराएको छ । अमेरिकी समाचार एजेन्सीहरुका अनुसार २९ वर्षीय लुइस परेजलाई मादक पदार्थ सेवन (मापसे) गरी व्यस्त सडकमा घोडा दौडाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

स्वास्थ्य परीक्षणपछि उनको शरीरमा निर्धारित मापदण्डभन्दा दोब्बर बढी अल्कोहल पाइएको प्रहरीले जनाएको छ । क्यालिफोर्नियाको हाइवे प्रहरीले उनलाई ५० हजार डलर जरिवाना तोकेको छ । प्रहरीले उनीमाथि गरिएको कारवाहीबारे ट्वीटरमा जानकारी दिएको हो ।

प्रहरीका अनुसार लुइसले मापसे गरी सडकमा घोडा दौडाउँदा कसैलाई कुनै प्रकारको हानि–नोक्सानी भएको थिएन । मापसे गरेर कसैले पनि जनावरको जीवन खतरामा पार्न नमिल्ने भन्दै प्रहरीले भनेको छ, ‘सडक सबैको साझा हो, नशामा तपाईँ कार चलाउनुस् या घोडा चढ्नुस्, दुवै उस्तै अपराध हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !