४ जेष्ठ २०८१, शुक्रबार

सिरियामा सेनाले गरेको हवाई हमलावाट बालबालिकासहित ७७ को मृत्यु


sriya hamela

८ फागुन, काठमाण्डौ । सरकारी सेनाले गरेको हवाइ आक्रमणमा सिरियाको राजधानी दमास्कसनजिक ७७ जनाको मृत्यु र ३ सय जना घाइते भएको छ । सरकारी सेनाले विद्रोहीलाई मारेको दावी गरे पनि मृत्यु हुनेमा २० जना बालबालिका र धेरै सर्वसाधारण छन् ।

राजधानी दमासकस नजिक गुटा भन्ने स्थानमा हवाइ र रकेट आक्रमण गरिएको हो । सरकारी सेनाले विद्रोहीलाई लक्षित गरी आक्रमण गरेको दावी गरेको छ । तर मृत्यु हुनेमा धेरैजसो सर्वसाधारण रहेको सिरियन अब्जरभेटरी ह्युमन राइट्सले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !