६ जेष्ठ २०८१, आइतबार

जागिर खोज्दै अमिताभ बच्चन


अमिताभ बच्चन

एजेन्सी, ६ फागुन ।
नाम : अमिताभ बच्चन
जन्म मिति : ११ अक्टोबर १९४२, इलाहाबाद
उमेर : ७६ वर्ष ४९ वर्षदेखि चलचित्रमा काम गरेको अनुभव, झण्डै २०० चलचित्र
भाषा : हिन्दी, अंग्रेजी, पञ्जाबी, बंगाली
उचाइ : ६ फिट २ इन्च …यो उचाईले कुनै अप्ठ्यारो होला र !!!
अभिनेता अमिताभ बच्चनले आफ्नाे यो रिज्युम (बायोडाटा) ट्विटर र इन्स्ट्राग्राममा पोस्ट गरे, त्यसको शीर्षक ‘जब एप्लिकेशन ।’ अमिताभले यो पोस्टसँगै एक अंग्रेजी पत्रिकामा छापिएको समाचारको कटिङ पनि पोस्ट गरेका छन् । जसमा लेखिएको छ, अभिनेत्री दीपिका पादुकोण र कटरिना कैफको उचाई अभिनेता शाहिद कपुर र आमिर खानको भन्दा धेरै भएकाले उनीहरुलाई एकसाथ काम गराउन निर्देशकलाई अप्ठ्यारो भइरहेको छ ।
amitabh
पत्रिकाले स्रोतलाई उद्धृत गर्दै चलचित्र पद्मावतको सुटिङ्गको क्रममा निर्देशक संजय लीला भंसालीलाई यस्तो चुनौती आएको थियो कि ? अभिनेता शाहिदलाई अभिनेत्री दीपिकाभन्दा अग्लो कसरी देखाउने भन्ने । यस्तै चुनौती ठग्स अफ हिन्दुस्तानको सुटिङ्गको क्रममा पनि आएको छ। जसमा आमिर खानभन्दा कटरिना केफ अग्ली छन्। यो चलचित्रमा अमिताभ बच्चन पनि रहेका छन् ।

अमिताभले यही समाचारको मजाक उडाउँदै यस्तो पोस्ट गरेका हुन् । उनले जब एप्लिकेशन वाला पोस्टको अन्तिममा उचाइले कहिले समस्या नहुने उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा अमिताभको पोस्टलाई धेरैले मन पराएका छन् ।
बीबीसी हिन्दीवाट भावानुवाद


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !