४ जेष्ठ २०८१, शुक्रबार

इजरायलले थाल्यो सिरियामाथि कारबाही


ijarayal

एजेन्सी, २८ माघ । इजरायलले सिरियामा ठूलो आक्रमण गरेको छ । शनिबार गराएको हवाई आक्रमण गएको ३० वर्षयताकै सम्भवतः सबैभन्दा ठूलो रहेको इजरायली सेनाको दावी छ ।

सीमा क्षेत्रमा बढेको हिंसाप्रति अमेरिका र रूसले भने चिन्ता व्यक्त गरेका छन् । इजरेली प्रतिरक्षा बल आइडिएफका प्रवक्ता जोनाथन कनरिकसले दमास्कस नजिकैका सैन्य अखडामा हवाई आक्रमण गरिएको बताए ।

निशाना बनाइएका १२ वटा अखडामा ८ वटा इजरेली विमानलाई गोली हान्ने सिरियाली सैन्य केन्द्र तथा चार वटा सिरियास्थित इरानी अखडा रहेको उनको भनाइ छ । सिरियाले शनिबार इजरेली लडाकु विमानलाई गाली हानी जमिनमा खसालेपछि इजरायलले जवाफी आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !