१२ बैशाख २०८१, बुधबार

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन वासिंटन डिसी प्रस्थान गर्नुअघि किन रोए ?

वासिंटन डिसी प्रस्थान गर्नुअघि जो बाइडेन किन भावुक भए ?


जो बाइडेनका डेलावरको विशेष सम्बोधनमा देखिएका भावुक तस्वीरहरु

डेलावर । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले वासिंटन डिसी प्रस्थान गर्नुअघि डेलावरमा विशेष सम्बोधन गर्ने क्रममा भावुक हुँदै रोएका छन् । आफ्नो नयाँ सपथग्रहण समारोहको पूर्व सन्ध्यामा गरिएको सम्बोधनमा उनी किन रोए भन्ने चासो विश्वभर बढेको छ ।

अमेरिका जस्तो संसारको शक्तिशाली देशको राष्ट्रपतिमा निर्वाचित बाइडेन आफ्ना दिवंगत जेठा छोरा बोउ बाइडेनलाई सम्झेर भावुक हुँदै आँशु थाम्न नसकेर रोएका हुन् । उनका दिवंगत जेठा छोरा बोउ बाइडेनको सन् २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्क ट्युमरका कारण मृत्यु भएको थियो ।

जो बाइडेन आफू नभएर आफ्ना यी जेठा छोरा बोउ बाइडेनलाई अमेरिकाको राष्ट्रपति बनाउन चाहन्थे । तर विधिको विडम्वना भन्नुपर्छ, उनका छोराको मृत्यु भएतापनि ७८ वर्षको वृद्ध उमेरमा उनी अमेरिकाको ४६ औं राष्ट्रपति बन्न सफल भए ।

तर संयोग नै भन्नुपर्छ उनका छोरो बोउ बाइडेनको ४६ वर्षको उमेरमा मृत्यु भएको थियो भने उनी पनि अमेरिकाको ४६ औ राष्ट्रपति बनेका छन् । यसले गर्दा ४६ अंक जो बाइडेनको लागि ब्याड लक र गुड लक दुवै सिद्ध भएको छ ।

उनकी पहिलो पत्नी नेलिया र नाओमीले कार दुर्घटनामा ज्यान गुमाएका थिए । सिनेटमा पहिलो चुनाव जितेपछि शपथ लिने तयारी गर्दैगर्दा भएको दुर्घटनामा नेलिया र नाओमीको ज्यान गएको थियो भने २ जना छोराहरु बोउ बाइडेन र हन्टर बाइडेन घाइते भएका थिए । यसैले गर्दा पारिवारिक शोकमा डुबेका बाइडेनप्रति सर्वसाधारण अमेरिकीले निकै सहानुभूति राख्ने गर्छन् ।

बाइडेनले आफ्नो राजनीतिक यात्राका लागि सबैलाई धन्यवाद समेत दिदै हिजो भनेका थिए, ‘म डेलावरको छोरो हुन पाएकोमा गौरव गर्दछु । यो राज्यले मेरा बुबाआमालाई सबैभन्दा धेरै आवश्यक भएको बेलामा आश्रय दियो । हामी जुन स्थानमा पुग्यौं, त्यो यो राज्यले बनायो ।’

आज जनवरी २० तारिकमा नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पद तथा गोपनियताको सपथग्रहण गर्ने कार्यक्रमको लागि विशेष समारोहको आयोजना गरिएको छ ।

जो बाइडेनका डेलावरको विशेष सम्बोधनमा देखिएका भावुक तस्वीरहरु
जो बाइडेनका डेलावरको विशेष सम्बोधनमा देखिएका भावुक तस्वीरहरुजो बाइडेनका डेलावरको विशेष सम्बोधनमा देखिएका भावुक तस्वीरहरुजो बाइडेनका डेलावरको विशेष सम्बोधनमा देखिएका भावुक तस्वीरहरुजो बाइडेनका डेलावरको विशेष सम्बोधनमा देखिएका भावुक तस्वीरहरुजो बाइडेनका डेलावरको विशेष सम्बोधनमा देखिएका भावुक तस्वीरहरु जो बाइडेनका डेलावरको विशेष सम्बोधनमा देखिएका भावुक तस्वीरहरु

तस्वीरहरु : विभिन्न न्युज एजेन्सीहरुवाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !