२१ बैशाख २०८१, शुक्रबार

पाकिस्तानमा इस्लामवादीले गरेको प्रदर्शनका क्रमिक रुपमा हिंसात्मक हुदै


pakistan strike

११ मंसिर , २०७४ : पाकिस्तानीको राजधानी इस्लामाबाद लगायतका मुख्य सहरमा इस्लामवादीले गरेको प्रदर्शनका क्रमिक रुपमा हिंसात्मक क्रियाकलाप भइरहेको र चर्किएको हिंसा नियन्त्रण गर्न तयार रहेको जनाएको छ । सरकारले शनिबारदेखि जारी हिंसात्मक प्रर्दशन नियन्त्रण गर्न अर्धसैनिक बल असफल भएपछि सेनालाइै आग्रह गरेको थियो ।

यसअघि प्रहरी र अर्धसैनिक बलको संयुक्त फौजले आन्दोलनकारीलाई भगाउन शनिबार बल प्रयोग गरेको थियो । उनीहरू अवरोध हटाउन असफल भएपछि सरकारले सेना परिचालनका लागि आदेश जारी गरेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

पाकिस्तानी समाचार संस्थाका अनुसार प्रदर्शनका क्रममा हालसम्म ७ जनाको मृत्यु भएको जनाएको छ । फैजाबादस्थित एउटा प्रमुख राजमार्गमा धर्ना दिइरहेका प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पार्न खोज्दा २ सयभन्दा बढी मानिस घाइते भएको जनाएका छन् । घाइतेमध्ये ९५ जना प्रहरी छन् । प्रहरीले ३ सयभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ ।

राजधानी इस्लामाबादमा तेहरिक–ए–लब्बैक (टीएलपी) र रसुल अल्लाह पार्टीले तीन सातादेखि गरेको धर्नामा शनिबार सुरक्षा फौजले हस्तक्षेप गरेपछि स्थिति असामान्य बनेको हो ।

यसैबीच, पाकिस्तानी समाचार संस्था डाउनले हिंसा अन्त्य गर्न पाकिस्तानी राजनीतिज्ञ र उच्च अधिकारीले आन्दोलनरत पक्षसँग राजनीतिक वार्ता सुरु गरेको जनाएको छ । यसबारे आधिकारिक भनाइ सार्वजनिक नभएको जनाइएको छ । राजधानी इस्लामाबादमा प्रधानमन्त्री शाहिद खकान अब्बासी, सेना प्रमुख कमार जवेद बजवा, आन्तरिक मन्त्री अहसान इकबाल र गुप्तचर सेवाका महानिर्देशक नाभिद मुख्तरले पछिल्लो स्थितिबारे छलपल गरेका छन् । प्रधानमन्त्री निवासमा भएको वार्तामा सहभागीहरू समस्याको राजनीतिक समाधान गर्नुपर्नेमा सहमत भएको डाउनले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !