१८ बैशाख २०८१, मंगलबार

भारत मुम्बईमा २५ फुट लामो सुरुङ खनेर बैंकमा चोरी


भारत मुम्बईमा बैंकमा चोरी

एजेन्सी, २९ कात्तिक, मुम्बई । बीबीसीका अनुसार भारतको मुम्बईमा चार महिना लगाएर २५ फुट लामो सुरुङ खनेर बैंक अफ बडौदावाट शनिबार चोरहरुले नगद तथा गरगहाना चोरेर फरार भएका छन् ।  प्रहरीका अनुसार चोरहरुले बैंक अफ बडौदा नजिकै एक ठाउँ भाडामा लिएका थिए र त्यहीँबाट सुरुङ खनेका थिए ।

चोरहरुले कसैले पनि थाहा नपाउने गरी चार-चार महिनासम्म सुरुङ खनेका थिए र उनीहरुप्रति कसैको शंका पनि भएन । बैंकका कर्मचारीहरुले सोमबार बिहान बैंक खोल्दा मात्रै चोरी भएको थाहा पाई प्रहरीलाई खबर गरिएको थियो । जाँच एजेन्सीका अधिकारीहरुका अनुसार चोरहरुले भाडामा लिएको ठाउँमा किराना पसल खोलेका थिए जुन देखाउनका लागि मात्रै थियो ।

२५ फुट लामो सुरुङ बैंक लकर भएको कोठामा पुगेर अन्त्य भएको छ जहाँ ३० वटा लकर खुल्लै देखिन्छ । २२५ थान डिपोजिट बाकसहरुमध्ये चोरहरुले ३० वटा चोरेका प्रहरीले जनाएको छ । यद्यपि चोरी भएको हिसाब किताब सार्वजनिक भइसकेको र चोरहरुको बारेमा पनि अझै पत्ता लागेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !