२४ बैशाख २०८१, सोमबार

साउदी अरबका राजा सलमान अस्पताल भर्ना


साउदी अरबका राजा सलमान

दुबई, ५ साउन । साउदी अरबका राजा सलमान स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको छ । उहाँलाई राजधानी रियादस्थित किङ्ग फैसल विशेषज्ञ अस्पताल भर्ना गरिएको साउदी दरबारले सोमबार जनाएको छ ।

दरबारले जारी गरेको वक्तव्यका आधारमा साउदी प्रेस एजेन्सीद्वारा सम्प्रेषित समाचार अनुसार ८४ बर्षीय राजालाई पित्तासय सुनिएकोले परीक्षणका लागि अस्पताल भर्ना गरिएको उल्लेख गरिएको छ ।

कोरोनाको त्रासका कारण साउदी राजा सलमान केही समयदेखि सार्वजनिक हुनुभएको थिएन । उहाँ सन् २०१५ को जनवरीदेखि राज्यशक्तिमा हुनुहुन्छ । उहाँ आफ्नो पुस्ताको अन्तिम राजा हुनुहुन्छ ।

राजा सलमानको ३४ बर्षीय छोरा राजकुमार मोहम्मद बिन सलमान हुनुहुन्छ । उहाँलाई नै भावी राजा मानिएको छ । उहाँमा राम्रो नेतृत्व क्षमता रहेको छ । राजा सलमानकै सहयोग र समर्थनमा उहाँलाई हालै मात्र राजधानीमा सारिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !