१४ बैशाख २०८१, शुक्रबार

विश्वभर ६० लाख मानिसले कोरोनालाई जितेर घर फर्के


कोरोना जितेर घर फर्किए

न्यूयोर्क, २१ असार । महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये ६० लाख मानिस निको भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

विश्वभर कोरोना भाइरसको अवस्था विश्लेषण गरिरहेको अमेरिकाको उक्त विश्वविद्यालयले आइतबारसम्ममा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ३० हजार ८९८ पुगेको जनाएको छ ।

विश्वमा हाल करिब १ करोड १२ लाख ७२ हजारभन्दा बढी मानिस कोरोना संक्रमित भइसकेका छन् । संयुक्त राज्य अमेरिका र ब्राजिलमा कोरोना भाइरसबाट सबैभन्दा बढी मानिस संक्रमित भएको पाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !