१४ बैशाख २०८१, शुक्रबार

आज २०७६ साल चैत २२ गते शनिवारको राशिफल


आजको राशिफल

आज २०७६ साल चैत २२ गते शनिवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

आज सानातिना समस्यामा अल्झिनुपर्नेछ । मुद्दा मामिला आइलाग्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । प्रेममा मनमुटावपनि रहला ।

बृष

शुभारम्भको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर मिलनेछ ।

मिथुन

आफन्तको सहयोग प्राप्त हुनेछ । धार्मिक यात्राको योगछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । साहित्यिक क्षेत्रमा रुचीपनि बढ्नेछ ।

कर्कट

रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनसक्छ । पारिवार सङ्ग रमाइलो भेटघाट र यात्रा हुनेछ ।

सिंह

मनमा निरासा र शरीरमा आलस्य आउला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमा मन्दी आउनेछ । स्वास्थ्यमा समस्या पनि आउनेछ ।

कन्या

आज प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

तुला

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

बृश्चिक

आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

धनु

महत्त्वपूर्ण अवसर गुम्न सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । स्वास्थ्यप्रति सजकता अपनाउनु होला ।

मकर

नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शत्रुपनि क्षय होलान् ।

कुम्भ

अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा रहला । रोमाञ्चक यात्रापनि होला ।

मीन

शुभ समाचार सुन्न पाईएला । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । ब्यापार ब्यबसायबाट आम्दानिपनि हुनेछ । (स्रोत : https://www.hamropatro.com, ज्यो.प. नारायणप्रसाद दुलाल)

यो पनि पढ्नुहोस् 

आज २०७६ साल चैत्र २१ गते शुक्रवारको राशिफल

आज २०७६ साल चैत्र २० गते बिहिवारको राशिफल

आज २०७६ साल चैत्र १९ गते बुधवारको राशिफल

आज २०७६ साल चैत्र १८ गते मंगलवारको राशिफल

आज २०७६ साल चैत्र १७ गते सोमवारको राशिफल

आज २०७६ साल चैत्र १६ गते आइतवारको राशिफल

आज २०७६ साल चैत्र १५ गते शनिवारको राशिफल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !