७ बैशाख २०८१, शुक्रबार

आज २०७६ साल चैत्र १८ गते मंगलवारको राशिफल


आजको राशिफल

आज २०७६ साल चैत १८ गते मंगलवार । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ कामको योजना बन्न सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला । रचनात्मक काममा जुट्ने समय छ । तर वैदेशिक क्षेत्र कमजोर रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

सन्तानपक्षको मायामा कमी आउनेछ । सहकर्मीबाट विरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । कार्यमा अवरोध आउला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । रमाइलो यात्रा रहला । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुख मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्ति संग भेटघाट हुने छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । भूमिबाट लाभ नै रहला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

गरेका काममा ढिलासुस्ती हुनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मनमा भय उत्पन्न हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

सामाजिक काम अघी बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । आफन्तसंग भेटघाट होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

रोकिएको धन हात पर्ला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । शुभकार्यको चर्चापनि चल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । चोटपटकको भयछ सचेत रहनुहोला । मनमा दुविधा उत्पन्न हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

विद्या र बुद्धिको विकास हुनेछ । प्रयत्न गरे फाइदा लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । परिवारसंग समय बित्नेछ । (स्रोत : हाम्रो पात्रो – https://www.hamropatro.com ज्यो.प. नारायणप्रसाद दुलाल)

यो पनि पढ्नुहोस्

आज २०७६ साल चैत्र १७ गते सोमवारको राशिफल

आज २०७६ साल चैत्र १६ गते आइतवारको राशिफल

आज २०७६ साल चैत्र १५ गते शनिवारको राशिफल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !