१९ बैशाख २०८१, बुधबार

झापामा बाइस थान मानव खप्परसहित एक पक्राउ


भाद्र २१ , झापा | बाइस थान मानव खप्परसहित प्रहरीले झापाको काँकडभिट्टाबाटमंगलबार एक व्यक्तिलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर नगरपालिका–८ निवासी ५२ वर्षीय सोम तामाङ रहेका छन् । उनलाई प्रहरीले मेचीनगर नगरपालिका–६ स्थित इलाका प्रहरी कार्यालयको गेट अगाडिबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतबाट नेपालतर्फ रिक्सामा लुकाएर मानव खप्पर ल्याउँदै गर्दा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिनुभयो । पक्राउ परेका तामाङलाई इप्रका काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको बताइएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !