१४ बैशाख २०८१, शुक्रबार

कृष्णबहादुर महराको सांसद पद निलम्बन फुकुवा, सेवा सुविधा पाउने


कृष्णबहादुर महरा

काठमाडौँ, ६ फागुन । प्रतिनिधिसभाको बैठकमा सांसद कृष्णबहादुर महरा काठमाडौँ जिल्ला अदालतको फैसलाबाट थुनामुक्त हुनुभएको जानकारी गराइएको छ ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो अदालतको यही फागुन ५ गतेको फैसलाबारे उक्त जानकारी गराउनुभएको हो । बैठकलाई जानकारी दिइएपछि सांसद महराको निलम्बन फुकुवा भएको छ ।

तत्कालीन सभामुख महराले सो प्रकरणपछि सभामुख पदबाट महरलाई पक्राउ पुर्जी जारी भएका बारे महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरको गत असोज १९ गते संसद्लाई पत्राचार गरेपछि उहाँ निलम्बित हुनुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !