५ जेष्ठ २०८१, शनिबार

पुल निर्माणसँगै पहुँचमार्ग


सुरुङ्गा, १३ माघ । पूर्वी नाका काँकरभिट्टासंँग पश्चिम बङ्गालको पानीट्याङ्कीलाई जोड्ने मेची खोलाको पुल निर्माणसँगै पहुँचमार्गको काम शुरुआत भएको छ ।

पहुँचमार्ग करिब ५०० मिटरको हुने सडक डिभिजन कार्यालय दमकले जनाएको छ । सडक विस्तार गर्ने काम भइरहेको सडक डिभिजन कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले जानकारी दिनुभयो । सडक विस्तारका लागि राजमार्ग छेउछाउका सबै भौतिक संरचना हटाएर काम शुरु भएको मेची नगरपालिकाका प्रमुख विमलकुमार आचार्यले जानकारी दिनुभयो ।

नेपालतर्फ नेपाल–भारत जोड्ने नयाँ मेची पुलको खम्बा र सडक बन्नुपर्ने स्थानमा बसोबास गरिरहेका ४३ स्थानीयवासीलाई सरकारले मुआब्जा वितरण गरेर स्थानीयवासीले जग्गा खाली गरिदिएपछि नेपालतर्फको भूभागमा पुल र पहुँच सडक निर्माणको कामले निरन्तरता पाएको छ । सडक विस्तार र पुल बनाउने काम भारतीय निर्माण कम्पनीले नै गरिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !