२४ बैशाख २०८१, सोमबार

कुलमान घिसिङलाई उद्योग वाणिज्य महासंघको स्वर्ण अवार्ड


kulman ghising

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान गरेको छ। महासंघको ५१ औं वार्षिक साधारणसभा तथा स्थापना दिवसको अवसरमा ‘ट्रेड सेटर गोल्ड अवार्ड’ बाट उनलाई सम्मान गरिएको हो।

स्वर्णजयन्तीको अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मानित गरिएको यो अवार्ड अन्तर्गत सार्वजनिक सेवाबाट कुलमानलाई सम्मानित गरिएको हो।

विद्युत आपूर्ति सहज बनाएर उद्योग तथा व्यावसायमा सहजता ल्याउन सहयोग पु¥याएको भन्दै महासंघले कुलमानलाई सम्मान गरेको जनाएको छ।

त्यस्तै वित्तीय क्षेत्रतर्फ ‘ट्रेण्ड सेटर गोल्ड अवार्ड’बाट हिमालय शमशेर जबरा, पर्यटन क्षत्रबाट कर्ण शाक्य, उडड्यन क्षेत्रबाट बिरेन्द्रबहादुर बस्नेत, मनोरञ्जन क्षेत्रबाट नकिम उद्दिन, आईटीबाट रुद्रराज पाण्डे
शिक्षामा सुरेशराज शर्मा, स्वाथ्यमा सन्दुक रुइत, समाजिक क्षेत्रमा अनुराधा काइरालाले ट्रेण्ड सेटरको आवर्ड पाएकी छिन् ।

सेवा क्षेत्रतर्फ मनकामना केबलकारका लक्ष्मणबाबु श्रेष्ठले टेण्ड सेटरको अवार्ड हात पारेका छन् । त्यसैगरी सञ्चार क्षेत्रको ट्रेण्ड सेटरको अवार्ड कैलाश सिरोहियाले पाएका छन् । उनी कान्तिपुर मिडिया ग्रुपका संस्थापक हुन् ।

मरोणरान्त सम्मानबाट बिराटनगर जुट मिल्सका संस्थापक रामलाल गोल्छा सम्मानित भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !