१३ आश्विन २०८१, आइतबार

रोशनी शाहीका श्रीमानले दिए डिभोर्स (यस्तो छ सहमति पत्र)


असोज १६, काठमाडौं । भर्खरै सभामूख कृष्णबहादुर महराले अनैतिक सम्बन्ध राखेको आरोप लागेकी रोशनी शाहीलाई उनका श्रीमान चित्रजंग शाहीले डिभोर्स दिएका छन् । रोशनीका श्रीमानले सामाजिक सञ्जाल फेसबुक मार्फत् उक्त जानकारी गराएका हुन् । रोशनी र महराको सम्बन्ध सार्वजनिक भएलगत्तै उनका पतिले कुनै प्रतिक्रिया दिएका थिएनन् ।

उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘हामी २८ वर्षसम्म सँगसँगै बितायौं र समयको गतिसँगै अलग हुने निर्णयमा पुगेका छौं । शुभेच्छुकहरुमा धन्यवाद ।’ सामाजिक सञ्जालमा पति चित्रजंगले रोशनीसँग भएको सहमतिको कागज समेत पोष्ट गरेका छन् । उक्त सहमतिपत्रमा लेखिएको छ, ‘प्रिय जनहरु, थुप्रै उतारचढावका बीच हाम्रा साथसाथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असहमति, असन्तुष्टि आउँदो रहेछ । तथापि खुसीसाथ अलग अलग बस्ने निर्णय गरेका छौं । कानूनी प्रक्रियाको निरन्तरताका साथ ।’

तनहुँबाट फर्के लगत्तै आफन्तसँगको सल्लाहमा शाहीले पत्नीलाई डिभोर्सको प्रस्ताव गरेका थिए। उनीहरुबीच डिभोर्स गर्ने समझदारी भएपनि कानूनी प्रक्रिया भने पूरा भइसकेको छैन । रोशनीका पति चित्रजंग शाही नेपाल सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गतको कार्यालयका क्षयरोग र कुष्ठरोग सम्वन्धी हेर्ने कार्यालयका कर्मचारी हुन् । महरा-रोशनी प्रकरण सतहमा आएपछि उनीहरु अलग बस्ने निर्णयमा पुगेका हुन् ।

यस्तो छ सहमति पत्र

रोशनी शाहीका श्रीमानले दिए डिभोर्स सहमति पत्र

यो पनि पढ्नुहोस्

संसदको वेबसाइटबाट कृष्णबहादुर महराको नाम हटायो

यौन दुर्व्यवहारको आरोप लागेका महराको राजनीतिक यात्रा

महराका २ छोराले लेखे, ‘क्रान्तिकारीसँग फेरि भेट हुनेछ’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !