४ बैशाख २०८१, मंगलबार

यौन दुर्व्यवहारको आरोप लागेका महराको राजनीतिक यात्रा


krishna bahadur
राम मगर
   राम मगर

पिता रविचन्द्र र माता समुद्रदेवीका कोखबाट वि.सं २०१५ असारमा रोल्पा, लिवाङ-७ स्थित धारापानीमा जन्मनुभएका कृष्णबहादुर महरा २०४८ सालमा ३२ वर्षको हुँदा नै संसदमा निर्वाचित भएका थिए । महराको हालको स्थायी घर रोल्पा नगरपालिका वडा नं १ मा रहेको छ । बालकल्याण मावि लिबाङ रोल्पाबाट प्रवेशिका परीक्षा उत्तीर्ण महराले विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र र त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जबाट स्नातक तह उत्तीर्ण गर्नुभएको हो ।

महराले २०७४ मा भएको प्रतिनिधिसभा चुनावमा दाङ क्षेत्र नम्बर २ बाट चुनाव जित्दै प्रतिनिधि सभाको सभामुखसम्मको यात्रा तय गर्नुभएको हो । महरा विभिन्न समयमा गरी अहिलेसम्म सभामुखसहित उपप्रधान, परराष्ट्र, अर्थ र गृह मन्त्री भइसक्नुभएको छ । वि.सं २०३५-०३६ को विधार्थी आन्दोलनमा संलग्न भई राजनीतिमा सक्रिय महरा २०४८ देखि नेकपा (मशाल) रोल्पा सेक्रेटरी तथा सोही वर्ष भएको निर्वाचनमा रोल्पा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । वि.सं २०६३ चैतमा अन्तरिम सरकारको सूचना तथा सञ्चार मन्त्री र सरकारको प्रवक्ता बन्नुभएको महरा पटक पटक मन्त्री र उपप्रधानमन्त्री भइसक्नुभएको छ । बालकल्याण मावि लिबाङ रोल्पाबाट प्रवेशिका परीक्षा उत्तीर्ण महराले विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र र त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जबाट स्नातक तह उत्तीर्ण गर्नुभएको हो ।

वि.सं २०३५-०३६ को विधार्थी आन्दोलनमा संलग्न भई राजनीतिमा सक्रिय महरा सोही समयदेखि २०३९ सालसम्म नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाको सचिव र केन्द्रीय प्रतिनिधि रहनुभएको थियो । वि.सं २०४८ देखि नेकपा (मशाल) रोल्पा सेक्रेटरी तथा सोही वर्ष भएको निर्वाचनमा रोल्पा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महरा २०५० सालमा संयुक्त जनमोर्चा नेपाल संसदीय दलको नेता हुनुहुन्थ्यो । उहाँ वि.सं २०५१ मा नेकपा (माओवादी) को पश्चिमाञ्चल क्षेत्रीय ब्युरो सदस्य, २०५३ सालमा केन्द्रीय सदस्य र २०५५ मा पोलिटब्यूरो सदस्य हुनुभएको हो । वि.सं २०३५/०३६ सालको विद्यार्थी आन्दोलनमा संलग्न भई राजनीतिमा सक्रिय थियो ।

वि.सं ०३६ सालदेखि ०३९ सम्म नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाको सचिव र केन्द्रीय प्रतिनिधि, वि.सं २०३७ मा तत्कालीन नेकपा चौमको पार्टी सदस्यता प्राप्त । सोही सालमै पार्टीको रोल्पा जिल्ला सदस्य, वि.सं २०३९ देखि ४१ सालसम्म अ.ने.रा.स्व.वि.यू. आठौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्ष, पृथ्वी नारायण क्याम्पस पोखरा, स्व.वि.यु. कोषाध्यक्ष, वि.सं २०४१ देखि ०४५ सालसम्म नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाको मन्त्री, वि.सं २०३६ देखि ०४८ सम्म विज्ञान र गणित शिक्षकको रुपमा १० वर्ष शिक्षण, वि.सं २०४८ सालदेखि नेकपा (मशाल) रोल्पा जिल्ला सेक्रेटरी (डिसिएस), वि.सं २०४८ को निर्वाचनमा रोल्पा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित, वि.सं २०५० मा संयुक्त जनमोर्चा नेपाल संसदीय दलको नेता, वि.सं २०५० क्षेत्रीय संगठन समिति, सदस्य राप्ती ने.क.पा. (एकता केन्द्र), वि.सं २०५१ पश्चिचमाञ्चल क्षेत्रीय ब्युरो सदस्य, ने.क.पा. (माओवादी), वि.सं २०५३ असार केन्द्रीय सदस्य, ने.क.पा. (माओवादी), वि.सं २०५५ पोलिटब्यूरो सदस्य, ने.क.पा. (माओवादी), वि.सं २०५८ तत्कालीन सरकारसँगको पहिलो वार्ता टोली संयोजक, वि.सं २०६० तत्कालीन सरकारसँगको द्रोसो वार्ता टोली सदस्य तथा प्रवक्ता, वि.सं २०६१ पार्टी प्रवक्ता ने.क.पा. (माओवादी), वि.सं २०६२ स्थायी समिति सदस्य ने.क.पा. (माओवादी), वि.सं २०६२ असोज सेक्रेटारियट सदस्य, केन्द्रीय समिति ने.क.पा. (माओवादी), वि.सं २०६३ तत्कालीन सरकारसँग वार्ताको लागि गठित तेश्रो वार्ता टोलीको संयोजक, वि.सं २०६३ पौषमा अन्तरिम संविधान जारीपछि निर्मित अन्तरिम व्यवस्थापिका–संसदको सदस्य तथा माओवादी संसदीय दलको नेता, वि.सं २०६३ चैतमा अन्तरिम सरकारको सूचना तथा सञ्चार मन्त्री, सरकारको प्रवक्ता, वि.सं २०६४ चैतमा सम्पन्न निर्वाचनबाट दाङ क्षेत्र नं. ३ बाट संविधानसभा सदस्यमा निर्वाचित, वि.सं २०६५ भाद्र माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको पहिलो निर्वाचित गणतान्त्रिक सरकारको सूचना तथा संचार मन्त्री तथा सरकारको प्रवक्ता, वि.सं २०६५ पार्टी एकतापछि एकीकृत ने.क.पा. (माओवादी)को स्थायी समिति सदस्य, वि.सं २०६६ अन्तर्राष्ट्रिय ब्युरोको ईन्चार्ज, एकीकृत ने.क.पा. (माओवादी), वि.सं २०६७ एकीकृत ने.क.पा. (माओवादी)का तर्फबाट नेपाल सरकारको उप–प्रधानमन्त्री तथा गृहमन्त्री, वि.सं २०६९ एकीकृत नेकपा (माओवादी) सातौं राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तथा केन्द्रीय संगठन विभाग प्रमुख, वि.सं २०६९ अन्तरिम चुनावी मन्त्रिपरिषद निर्माणका लागि राजनीतिक सहमति–पत्र तथा अन्तरिम संविधान बाधा अड्काउ फुकाउ आदेश मस्यौदा निर्माण कार्यदलका सदस्य, वि.सं २०६९ एकीकृत नेकपा (माओवादी) सातौ राष्ट्रिय महाधिवेशनवाट केन्द्रीय सदस्य तथा केन्द्रीय संगठन विभाग प्रमुख, मध्य ब्यूरो ईञ्चार्ज, वि.सं २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नं. १ बाट निर्वाचित, वि.सं २०७१ एकीकृत नेकपा (माओवादी)को महासचिव निर्वाचित, वि.सं २०७३ उपप्रधानमन्त्री तथा अर्थमन्त्री, वि.सं २०७४ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, वि.सं २०७३ देखि हालसम्म पार्टी केन्द्रीय कार्यालय सदस्य, वि.सं २०७४ प्रतिनिधि सभा सदस्यमा दाङ क्षेत्र नं. २ बाट निर्वाचित र वि.सं २०७४ फागुन २५ सभामुखमा निर्विरोध निर्वाचित भाई हालसम्म प्रतिनिधिसभाका सभामुख पदमा रहेका थिए ।

उनीमाथि एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि पदबाट राजीनामा दिन बाध्य बन्नुपर्यो । यसअघि चिनियाँ नागरिकसँग ५० करोड रुपैयाँ माग गरेको फोनवार्ता सार्वजनिक प्रकरण होस् वा इसाई धर्मगुरुबाट आशीर्वाद लिएको प्रकरण सबैमा उहाँले उन्मुक्ति पाउँदै आउनुभएकाे थियाे । पटक–पटक विभिन्न काण्डमा मुछिएका महरालाई अहिले भने गम्भीर यौन अपराधको आरोप लागेको छ । यो आरोपले उहाँको ४ दशक लामो कम्युनिष्ट पार्टीमा गरेको संघर्ष र राजनीतिक उचाइ बालुवामा पानी घोलेजस्तै भएको छ महरा नेपालको इतिहासमा नै यति उच्च पदस्थ व्यक्ति यौन दुर्व्यवहारको आरोपबाट पदच्यूत हुनुपरेको पहिलो नेपाली राजनीतिज्ञ बन्नु भएको छ ।

यो पनि पढ्नुहोस्

संसदमा सभामुखको राजीनामाको सूचना टाँसियसँगै सभामुखको पद रिक्त

सभामुख कृष्णबहादुर महराले दिए राजीनामा

महरामाथि छानविनको क्रममा पिडितको घरबाट रक्सीका बोतल र कपडा बरामद


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !