२१ बैशाख २०८१, शुक्रबार

पोर्चुगल वर्ष खेलाडी अवार्ड रोनाल्डोलाई


एजेन्सी, फुटबलका सबै खाले उपाधि जितिसकेका सुपर स्टार क्रिस्टीयानो रोनाल्डो १०औँ पटक पोर्चुगल वर्ष खेलाडी घोषित भएका छन् । रोनाल्डोलाई यसवर्ष पनि पोर्चुगल वर्ष खेलाडी अवार्ड प्रदान गरिएको हो ।

३४ वर्षीय रोनाल्डोले सन् २०१० र २०१४ बाहेक सन् २००७ देखि लगातार यस अवार्ड जितेका छन् । यसअघि सन् २०१० मा सिमाउ र २०१४ मा पेपेलाई पोर्चुगल वर्ष खेलाडी अवार्ड प्रदान गरिएको थियो ।

यस अवार्ड जित्ने क्रममा रोनाल्डोले एथ्लेटिको म्याड्रिडका जोआओ फिलिक्स, म्यानचेस्टर सिटीका बेर्नार्डो सिल्भा, स्पोर्टिङ लिस्बनका ब्रुनो फर्नान्डेज र वल्भ्सका रुविन नेभिसलाई पछि पारेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !