१४ बैशाख २०८१, शुक्रबार

मिर्गौलापीडित श्रीषद्वारा सहयोगको याचना


mrigola

गलकोट, १९ असार । दुवै मिर्गौला ‘फेल’ भई तीन महीनादेखि ‘डायलासिस’ गराउँदै आएका बागलुङ जिल्लाको गलकोट नगरपालिका–२ नरेठाँटीका गमप्रसाद श्रीषले आफूलाई बचाउन सहयोगको याचना गर्नुभएको छ । सैँतीस वर्षीय श्रीषले तीन वर्षदेखि औषधि र पछिल्लो तीन महीनादेखि निरन्तर डायलासिस गराउँदा घरको जायजेथा सकिएपछि सहयोगको याचना गर्नुभएको हो ।

तीन वर्षअघिदेखि दुवै मिर्गाैला फेल भएका श्रीषले औषधिले उपचार नभएपछि तीन महीनादेखि डायलासिस गराउँदै आउनुभएको छ । उहाँको उपचारका लागि हालसम्म रु नौ लाख खर्च भइसकेको परिवारले जनाएको छ । “अहिलेसम्म घरको सबै पैसा खर्च ग¥यौँ, अब त पैसा पनि सकियो”, श्रीषकी बहिनी मनकुमारी श्रीषले भन्नुभयो, “आर्थिक अभावकै कारण डायलासिस गराउन पनि समस्या भएको छ, सबैले सहयोग गरेमा मात्र दाजुले नयाँ जीवन पाउनुहुन्थ्यो ।”

परिवार पाल्ने मुख्य व्यक्ति श्रीषनै जीवनमरणको दोसाँधमा परेपछि परिवारको समेत बिचल्ली हुने भएको हो । नेपाल सरकारको सिफारिसमा उपचार गराउँदासमेत एकपटक डायलासिस गर्दा रु नौ हजार ५०० खर्च लाग्ने परिवारले जनाएको छ । श्रीष सात वर्ष दुबईमा काम गरी बिरामी भएर नेपाल फर्कनुभएको थियो ।

नेपालमा स्वास्थ्य परीक्षण गर्दा दुवै मिर्गौलामा समस्या आएपछि चिकित्सकको सल्लाहमा औषधि सेवन गर्दै आउनुभएको उहाँको परिवारले जनाएको छ । औषधिले निको नभएपछि श्रीषको पोखरास्थित लेकसिटी अस्पतालमा तीन महीनादेखि डाइलासिस गर्दै आएको बहिनी मनकुमारीले जानकारी दिनुभयो । “मिर्गाैला प्रत्यारोपण गर्ने पैसा छैन”, मनकुमारीले भन्नुभयो, “डाइलासिस गरेर मात्र कति समय बचाउने ।” सबैले थोरै धेरै आर्थिक सहयोग गरेमा आफ्नो श्रीमान्ले पुनर्जन्म पाउने श्रीषकी श्रमीती प्रमिला श्रीषको आग्रह रहेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !