१८ बैशाख २०८१, मंगलबार

सीमा क्षेत्रमा उच्च सतर्कता


दिल्ली

नवलपरासी, २८ वैशाख । भारतमा लोकसभा निर्वाचनको सुरक्षा अवस्थालाई लिएर जिल्लाका विभिन्न नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा उच्च सतर्कता अपनाइएको छ ।

नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा सुरक्षा अवस्था निकै कडा बनाइएको हो । पश्चिम नवलपरासीका सिमाना ठुठीबारी, गुठीप्रसौनी, विष्णपुरा र भुजहवा तथा पूर्वी नवलपरासीको त्रिवेणी नाकालाई सुरक्षा दृष्टिकोणले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

विशेष गरी भारतबाट नेपाल प्रवेश गर्ने सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा चेकजाँच कडा बनाइएको छ । भारतको विहार प्रदेशमा मे १२ अर्थात यही वैशाख २९ गते र भारतको उत्तर प्रदेशमा मे १९ अर्थात् जेठ ५ गते निर्वाचन हुँदैछ ।

एघार खर्ब, ९८ अर्ब लगानी गर्ने लक्ष्य

प्रदेश नं ५ सरकारले आगामी पाँच वर्षो आवधिक योजना अन्तर्गत कूल रु एघार खर्ब, ९८ अर्ब लगानी गर्ने लक्ष्य लिएको छ । आर्थिक वर्ष ०७६÷७७ देखि आथिर्क वर्ष ०८०÷८१ सम्मको अवधिमा प्रदेशभरी सो बराबरको आर्थिक लगानी गर्ने लक्ष्य लिइएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले सो लगानीमध्ये करीब ६२ दशमलब ६ प्रतिशत अर्थात रु सात खर्ब, ५० अर्ब, २५ करोड लगानी निजी क्षेत्रबाट रहने लक्ष्य लिइएको जानकारी दिनुभयो ।

त्यसैगरी सो अवधिमा सार्वजनिक क्षेत्रबाट कूल रु तीन खर्ब ९५ अर्ब, ७५ करोड लगानी हुने लक्ष्य रहेको छ भने सङ्घीय सरकारबाट १४४ अर्ब, प्रदेश सरकारबाट १४८ अर्ब र स्थानीय तहको तर्फबाट १०२ अर्ब लगानी हुने लक्ष्य रहेको मन्त्री चौधरीले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !