२० बैशाख २०८१, बिहिबार

घाइतेका लागि रक्तदान


रक्तदान

२१ चैत, काठमाडौँ । बारा र पर्साका हावाहुरीबाट घाइतेका लागि ८२ सन्तमहात्माका पदाधिकारी र भक्तजनले आज रक्तदान गरेका छन् । काठमाडौँमा उपचाररत बिरामीलाई रगतको अभाव भएको जानकारी पाएपछि नेपाल मानव धर्म सेवा समितिले आकस्मिक रक्तदानको अयोजना गरेको हो ।

“अस्पतालमा बिरामी रगत नपाएर ज्यान जान सक्ने अवस्था रहेकाले आकस्मिक रक्तदान कार्यक्रम गरेका छौँ,” समितिका केन्द्रप्रमुख सन्तमहात्मा चमेली बाईले बताउनुभयो । राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल र महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताललगायत राजधानीका ठूला अस्पतालमा पटक पटक रगतको अभाव हुने गरेको छ ।

नेपाल मानव धर्म सेवा समिति रक्तदान गर्ने एउटा प्रमुख संस्था बनेको छ । संस्थाले विभिन्न अवसर पारेर देशैभरिका आश्रममा रक्तदान गर्ने गरेको छ । यस वर्ष पनि मानव धर्मका प्रणेता सद्गुरु सतपालको जन्मोत्सव पारेर एकै दिनमा करीब एक हजार ४७ प्वाइन्ट ब्लड सङ्कलन गर्न सफल भएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !