२४ बैशाख २०८१, सोमबार

अफगानिस्तानका लागि अमेरिकी दूतले विदेशी समुदायसँग परामर्श गर्ने


सात प्रहरी अधिकारीको मृत्यु

७ चैत, वासिङ्टन । अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजादले अफगानिस्तानको शान्ति प्रक्रियाका लागि विदेशी समुदायसँग परामर्श गर्नुहुने भएको छ ।

उहाँले अफगास्तिानका लागि रुसी, चिनियाँ र युरोपेली विशेषदूतहरुसँग भेटवार्ता र परामर्श गर्नुहुने भएको छ ।
उहाँले हाल जारी रहेको अफगानिस्तानको शान्ति प्रक्रियाका बारेमा अफगानिस्तानका लागि ती देशका विशेषदूतहरुसँग भेटवार्ता गर्नुहुने भएको हो । अफगानिस्तानको पुननिर्माणका विषयमा ती देशहरुले अफगानिस्तानका लागि आ–आफ्ना विशेषदूतहरु नियुक्त गरेका छन् ।

अमेरिकी विदेशमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिअनुसार अमेरिकी विशेषदूत खलिलजादले उहाँहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरी अफगानिस्तानमा शान्ति स्थापनाका लागि हाल जारी रहेको प्रक्रियाको बारेमा जानकारी गराई आवश्यक परामर्श पनि लिनुहुने छ ।

अफगानिस्तनमा जारी हिंसा कम गर्नका लागि ती देशहरुले के कस्तो सहयोग गर्न सक्छन् भन्ने विषयका साथै हाल जारी शान्तिवार्ताको प्रक्रियालाई पूर्णता दिन ती देशको भूमिका के हुनेछ भन्ने बारेमा पनि छलफल हुने बताइएको छ ।
विशेषदूत खलिलजादले हालैमात्र दिनुभएको अभिव्यक्तिमा अफगानिस्तानमा शान्तिका लागि जारी प्रक्रिया सकारात्मक रुपमा अघि बढेको बताउनुभएको थियो ।

कतारमा हालै भएको तालिबान र अफगान सरकारका प्रतिनिधिसँगको वार्ता सकारात्मक भएको जानकारी उहाँले हालैमात्र सार्वजनिक गर्नुभएको थियो ।

अफगानिस्तानमा शान्ति स्थापना गर्ने पछिल्लो प्रयासस्वरुप त्यहाँ हिंसात्मक विद्रोह जारी राखेका तालिबानहरुसँग वार्ता भइरहेको छ ।

उक्त प्रक्रियाको नेतृत्व अमेरिकाले गरिरहेको छ । केही समयमात्र अघि पनि अमेरिकी अगुवाइमा अफगान सरकार र तालिबानका प्रतिनिधिबीच कतारमा वार्ता भएको थियो ।(रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !