२६ बैशाख २०८१, बुधबार

अपाङ्गताको सवालमा समावेशी सुशासन सम्बन्धी तालिम सम्पन्न


apanga

२० फागुन, नगरकोट । इनेबलमेन्ट नेपालको आयोजना, इनेबलमेन्ट नेदरल्याण्ड र नुफिक नेदरल्याण्डको आर्थिक सहयोगमा स्थानीय तहमा अपाङ्गता समावेशी सुशासन सम्बन्धी एक हप्ते तालिम भक्तपुर जिल्लाको पर्यटकिय स्थल नगरकोटमा सम्पन्न भएको छ ।

नगरकोट स्थित होटेल कन्ट्रिभिल्लामा फाल्गुन १२ देखि १७ सम्म सञ्चालन भएको उक्त तालिममा समावेसी सुशासनका सवालमा सामाजिक अभियन्ताहरूले गर्नु पर्ने कार्य भुमिका लगायतका सवालमा विस्तृत रुपमा जान्ने, सिक्ने मौका सहभागीहरूले पाएको र सो ज्ञानलाई कसरी स्थानिय स्तरमा प्रयोग गर्ने भन्ने सम्वन्धमा ६ महिनाको पैरवी कार्योजना निर्माण सम्पन्न भएको कुरा आयोजकले जनाएको छ ।

सो तालिममा इनेबलमेन्ट नेपालका परियोजना संयोजक क्षितिज वाग्लेले इनेबलमेन्ट नेपालले अपाङ्गता भएका व्यक्तिहरुले संचालन गरेका संस्था र अपाङ्गता अधिकारकर्मीहरुको क्षमता अभिवृदी गर्ने उदेश्यले यो तालिम सञ्चालन गरेको बताउनुभयो ।

उक्त तालिमा राष्ट्रीय योजना आयोगका पुर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले नेपालको बर्तमान राजनीतिक अवस्था, संविधान ऐन, कानून, नीति, नियम, सुसाशन बदलिदो राष्ट्रिय अन्तर्राष्ट्रिय परिप्रेक्षमा अपाङ्गता भएका व्यक्तिहरु र नागरिक समाजका चुनौती समावेशी सुसासनमा कार्यान्ययनमा भुमिका लगायतका विषयमा प्रशिक्षण गर्नु भएको थियो ।

त्यसै गरी इनेबलमेन्ट नेदरल्यान्डका डाइरेक्टर Huib Cornielje ले समावेशी सुशासन र अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धी, दिगो विकासका लक्ष्यहरु, समुदयमा आधारित समावेशी विकास, समुदायमा आधारित पुनर्थापना, पैरवीको योजना तर्जुमा र कार्यान्वयनको विषयमा प्रशिक्षण गर्नु भएको थियो ।

उक्त तालिममा अपाङ्गता अधिकार विज्ञ तथा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले नेपालको संविधान २०७२, अपाङ्गता अधिकार ऐन २०७४, लगायत अपाङ्गता भएका व्यक्तिहरुका लागि बनेका ऐन कानूनका विषयमा जानकारी गराउनु भएको थियो ।

त्यसैगरी तालिमका सहभागीहरू हुनु भएको न्यून दृष्टियुक्त महिला पार्वती श्रेष्ठले लगाएत अन्य सहभागिहरुले यस तलिममा सिकेका कुराहरुलाई उपयोग गर्ने बताउनु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !