६ जेष्ठ २०८१, आइतबार

कमलपोखरी अतिक्रमणबारे राष्ट्रिय समाजवादी पार्टीको आपत्ति


rashtriya

१७ फागुन, काठमाडौं | राष्ट्रिय समाजवादी पार्टी, नेपालले काठमाण्डौको प्रमुख पर्यटकीय स्थल ठमेलामा हाल संचालनमा ल्याइएको छाया कम्प्लेक्स प्रा. लि. छाया सेन्टरले ऐतिहासिक, धार्मिक एवम सास्कृतिक दृष्टिले महत्वपूर्ण मानिदै आएको कमलपोखरी सार्वजनिक सम्पदालाई केहि स्वार्थ समूहबाट अतिक्रमण गरेकोप्रती गम्भीर ध्यानाकर्षण गरेको छ |

पार्टीका उपत्यका ब्यूरोले एक प्रेस बिज्ञप्ती जारी गर्दै आफ्नो प्राचीन समयदेखी नेवार समुदायको बाहुल्यता कायम रहदै आएको काठमाडौं उपत्यका भित्र रहेका सास्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेको क्षेत्रहरुमाथि दिनप्रतिदिन अतिक्रमण बढ्दै गएकोमा ध्यानाकर्षण गरेको छ |

सास्कृतिक र धार्मिक रुपले महत्वपूर्ण मानिने कमल पोखरी र नेवा: गुठीलाई मास्ने गरी व्यक्तिगत सम्पत्तीमा समाहित गरी अतिक्रमण गरिनु, व्यापारिक कम्प्लेक्स निर्माण गरी सन्चालनमा ल्याई सक्दा समेत सरकारका सम्वन्धित निकाय मुकदर्शक बन्नु दुर्भाज्ञ भएको उक्त विज्ञप्तीमा उल्लेख गरेको छ |

यसरी सार्वजनिक सम्पदा अतिक्रमण गरी व्यापारिक कम्प्लेक्स निर्माण गरिनु सामाजिक तथा प्राकृतिक न्यायको सिद्धान्त बिपरित हुने भएको हुँदा नेपाल सरकार, गुठी सस्थान तथा स्थानीय सरोकारवालाको उपस्थितिमा अविलम्ब वार्ता मार्फत समस्याको समाधान गर्न, अन्यथा वेवास्ता गरिए सशक्त सङ्घर्षको कार्यक्रम घोषणा गर्न बाध्य हुने कुरासमेत विज्ञप्तीमा उल्लेख गरेको छ |


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !