२४ बैशाख २०८१, सोमबार

कोख मेरो, सन्तान कस्को ?


बच्चा

२१ माघ, काठमाडौँ । संविधानतः नागरिकता मौलिक अधिकार भए पनि बाबु नभएको वा बाबुले बेवास्ता गरेको नाममा नागरिकताविहीन भएकाका कथा व्यथा समेटेर महिला, कानून र विकास मञ्चले बबरमहलस्थित आज कला परिषद्मा ‘कोख मेरो, सन्तान कस्को ?’ शीर्षकमा फोटो प्रदर्शनी गरेको छ ।

संविधानले आमाको नामबाट पनि छोराछोरीले नागरिकता पाउने प्रावधान गरेपनि नयाँ कानून नबनेका कारण त्यसको कार्यान्वयन हुन नसकेको सन्दर्भमा प्रदर्शनी शुरु गरिएको मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदर्शनीको पहिलो दिन आज नागरिकताको माग गर्दा पीडितले भोगेको समस्या र पीडा व्यहोर्नु परेको र भक्तपुरकी एक महिलाले आत्महत्यासमेत गर्नु परेको यथार्थमूलक घटनामा आधारित सन्देशमूलक प्रस्तुत गरिएको थियो । प्रदर्शनी चार दिनसम्म चल्ने आयोजकले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !