२२ बैशाख २०८१, शनिबार

शैक्षिक समाग्री र कपडा वितरण


Nepalpatra

१० माघ, मुग्लिन । चितवनका इच्छाकामना गाउँपालिकाको विकटमा रहेको एक विद्यालयका विद्यार्थीलाई अनन्त आशा नेपालले शैक्षिक समाग्री र कपडा वितरण गरेको छ ।

उक्त संस्थाका संयोजक तारा महर्जनसहितको टोलीले वडा नं २ काउलेमा रहेको आधारभूत विद्यालयका १९३ विद्यार्थीलाई बुधबार कापी, कलम, झोला र ट्राउजर वितरण गर्नाका साथै विद्यालयका बालबालिकालाई खाजा पनि खुवाएको थियो ।

कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा १९३ मध्ये ७३ प्रतिशत चेपाङ बालबालिका रहेको प्रधानाध्यापक पदमबहादुर चेपाङले बताउनुभयो । जाडोमा न्यानो कपडा लगाउन नसक्नु र कापी कलम किन्ने पैसा नहुँदा विद्यार्थी नियिमित विद्यालय नआउने उहाँले बताउनुभयो । कापी, कलम, झोला र कपडा पाएपछि बालबालिका खुशी भएका छन् ।

बलेरोको ठक्करबाट सख्त घाइते

चितवनमा बलेरोको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन् । नरायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको ना३च ५९७७ नंको बलेरोले बुधबार राति ८ बजे भरतपुर महानगरपालिका–२९ जुगेडीमा पैदल हिँडिरहेका सोही स्थानका १६ वर्षीय रबिन भुजेललाई ठक्कर दिएकाले उहाँ सख्त घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएकोे छ ।

भुजेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ठक्कर दिने बलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !