२२ बैशाख २०८१, शनिबार

सम्पूर्ण सरकारी सुविधा जनसेवामा


Nepalpatra

९ माघ, पोखरा । गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले प्रदेशसभा सदस्य भएवापत पाउने सम्पूर्ण सुविधा जनसेवामा खर्चिएको बताउनुभएको छ ।

गोरखा क्षेत्र नं २(ख) बाट निर्वाचित दवाडीले प्रदेशसभा सदस्यको शपथ लिएको एक वर्षपछि मङ्गलबार पोखरामा पत्रकार सम्मेलन गर्दै यस अवधिमा सचिवालयबाट सुविधा, भत्ता आदि वापत खातामा प्राप्त रु सात लाख ३० हजारसहित कूल रु १२ लाख २१ हजार जनसेवामा खर्चिएको जानकारी दिनुभयो ।

उक्त रकम छात्रवृत्ति, सामुदायिक भवन, आमा समूह एवं युवा क्लबको क्षमता अभिवृद्धि, उपचार सहयोगलगायतमा खर्चिएको उहाँले बताउनुभयो । आफू विभिन्न व्यापार÷व्यवसायमा समेत संलग्न रहेको जानकारी दिँदै उहाँले व्यवसायबाट प्राप्त आम्दानीको करीब १० प्रतिशत सामाजिक सेवाका क्षेत्रमा छुट्याउने गरेको बताउनुभयो ।

लामो समयदेखि जापानमा नेपाली ह्याण्डिक्राफ्टको व्यापारसमेत गर्दै आउनुभएका दवाडी नेपाली काङ्ग्रेसको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । जनताले निर्वाचन सम्पन्न भएसँगै ठूलो अपेक्षा गरे पनि ती अपेक्षा पूरा हुन नसकेको उहाँले बताउनुभयो । सिंहदरबार जनताको घरदैलोमा पु¥याउने भन्दै राज्य पुनर्संरचना भए पनि जनताले सहज सेवा पाउन नसकेको उहाँको भनाइ थियो । राजनीतिका साथै आगामी दिनमा केही उद्योगमा लगानी गरेर रोजगारी सिर्जना गर्ने तयारीमा आफू लागिरहेको उहाँले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !