१४ बैशाख २०८१, शुक्रबार

म्यानमारमा शक्तिशाली भूकम्प, नेपालसम्म धक्का


earthquake wave

काठमाडौं – म्यानमारमा बुधबार दिउँसो ६.८ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का नेपालको पूर्वी भागसम्म महसुस भएको थियो । त्यस्तै भारतको कोलकाता, गुवाहाटी र बंगालदेशमा पनि धक्का महसुस भएको बताइएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ बजेर १९ मिनेटमा नेपालको पूर्वी भागमा मात्र यसको धक्का महसुस गरिएको छ ।
अमेरिकी जिओलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु मेइक टिलामा रहेको थियो ।

क्षतिको विवरण भने आएको छैन ।
यसअघि आज विहान मात्र इटालीमा पनि शक्तिशाली भूकम्प गएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !