१९ बैशाख २०८१, बुधबार

महिलाद्वारा उत्पादित कपडा प्रवद्र्धन गर्ने प्रतिबद्धता


bina magar

९ पुस, ललितपुर । खानेपानीमन्त्री बीना मगरले नेपाली महिलाद्वारा उत्पादित कपडा प्रवद्र्धन गर्न आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपाल उद्यमशील महिला महासङ्घले आइतबार यहाँ आयोजना गरेको ‘राष्ट्रिय उद्यमशील महिला मेला, २०७५’ को समापन गर्दै उहाँले सरकारमा रहेका महिलामन्त्रीले महिला उद्यमीद्वारा उत्पादित कपडा लगाएर प्रवद्र्धन गर्ने उद्देश्य राखेको बताउनुभयो । उहाँले महिला उद्यमीका उत्पादन आधुनिक बनाउँदै जानुपर्नेमा समेत जोड दिनुभयो । उहाँले भन्नुभयो, “महिला उद्यमी उत्पादन गर्दै जानुहोस् बजारीकरणको काम गर्न हामी तयार छौँ ।”

महासङ्घका अध्यक्ष देवीका बुढाथोकीले देशभरमा महिला उद्यमीको सङ्ख्या बढिरहेको बताउनुभयो । स्थानीय तहसँग सहकार्य गरेर महिला उद्यमीले थप दक्ष बन्न सक्छन् । उहाँले भन्नुभयो, “स्थानीय तहले महिला उद्यमी लक्षित कार्यक्रम गर्नुपर्छ ।”

चार दिन अघि शुरु भएको मेला आइतबार सकिएको हो । मेलामा २० हजारले यहाँ भएका स्टल अवलोकन गरेको र रु २५ लाखको कारोवार भएको महासङ्घले जनाएको छ । रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !