४ जेष्ठ २०८१, शुक्रबार

भारतीय मन्त्रीहरु पाकिस्तान जाने


दिल्ली

९ मङ्सिर, इस्लामाबाद । सिख समुदायकाे धार्मिक यात्राका लागि नयाँ पाकिस्तानी सीमानाका खोल्ने समारोहमा सहभागी हुन गरिएको आमन्त्रणलाई भारतले स्वीकार गरेको पाकिस्तान सरकारले जनाएको छ ।

भारतका दुई जना मन्त्रीले पाकिस्तानको भ्रमण गर्नेगरी आमन्त्रण स्वीकार गरेको बताइएको छ । पछिल्ला वर्षहरुमा भारत र पाकिस्तानबीच सम्बन्धमा तिक्तता आएको छ ।

पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेसीले भारतीय समकक्षी विदेशमन्त्री सुश्मा स्वराजलाई कर्तारपुर सीमानाका खोल्ने समारोहमा भाग लिन आमन्त्रण गर्नुभएको थियो । उक्त नाका यही नोभेम्बर २८ मा खोल्ने कार्यक्रम छ ।

यो नाकाबाट भारतीय सिख समुदायका श्रद्धालुहरु पाकिस्तानमा रहेको सिख सम्प्रदायका संस्थापक गुरु नानकको तीर्थस्थल पुग्नेछन् । यद्यपी भारतीय विदेशमन्त्री स्वराजले पाकिस्तान भ्रमणको निम्तो अस्वीकार गरेपनि भारतीय दुई मन्त्री सहभागी हुने बताउनुभयो ।

पाकिस्तानका नयाँ प्रधानमन्त्री इमरान खानले भारतसँगको सम्बन्धलाई सुमधुर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । (रासस/एपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !