६ जेष्ठ २०८१, आइतबार

बाँस र बेतका चोया बनाउन व्यस्त


Nepalpatra

२५ कात्तिक, राजविराज । छठ पर्व शुरु भएसँगै सप्तरीको डोम समुदाय बाँस र बेतका चोया बनाउनमा व्यस्त भएका छन् ।

छठको पहिलो दिन आज अरबा–अरबाइन शुरु भएको छ । छठ पर्व मनाउने व्यक्तिको सङ्ख्यामा वृद्धिसँगै प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पु¥याउन डोम जातिका सदस्य व्यस्त छन् भने उनीहरुलाई ती सामग्री बनाउन अहिले भ्याइनभ्याइ भएको हनुमाननगर कङ्कालनी नगरपालिका– १ का दिलीप मरिक(डोम)ले बताउनुभयो ।

छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवतालाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टपरीमा अघ्र्य दिनुपर्ने हुन्छ । प्रत्येक परिवारमा पाँच÷सातवटा बाँसका भाँडाकुँडा किन्नुपर्ने भएकोले उक्त समुदायमा व्यस्तता बढेको बताइएको छ । सप्तरी सदरमुकाम राजविराज लगायतका ठाउँमा अहिले डालो, नाङ्लो र टपरीलगायतका सामान डोमसमुदाय बिक्रीवितरण गर्नमा व्यस्त देखिएको छ । गाउँ गाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको छ । परिवारका सबैजना बाँस र बेतका सामग्री बनाउन सक्रिय रहेको हनुमाननगर कङ्कालनी नगरपालिका– २ का प्रवेश यादवको भनाइ छ । यो समुदायको जीविकोपार्जन यही पैसाबाट चल्ने भएकाले पनि अहिले डालो, नाङ्लो र टपरी लगायतका समान बनाउन लागिपरेको उहाँले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !