१४ बैशाख २०८१, शुक्रबार

मालपोत कार्यालयमा तोडफोड


Nepalpatra

१४ असोज, हेटौँडा । थाहा नगरपालिकास्थित मालपोत कार्यालय शिखरकोटमा अज्ञात समूहले आक्रमण गरी तोडफोड गरेका छन् ।

पालुङ इलाका प्रहरी कार्यालयका अनुसार प्रहरी कार्यालय नजिकै रहेको उक्त कार्यालयमा बिहान ११ः२० बजे करीब सातजना मुखुण्डो र चस्मा लगाएर आएका समूहले कार्यालयभित्र प्रवेश गरी तोडफोड गरेका हुन् ।

कार्यालय तोडफोड गर्न थालेपछि आफू भागेर प्रहरीलाई खबर गर्न पुगेको कर्मचारी रामचन्द्र लामाले बताउनुभयो । उनीहरूले कार्यालयमा रहेको चार थान कम्प्युटरका साथै टेबुल, कुर्ची र दराज समेत तोडफोड गर्नुका साथै कार्यालयको फाइल छरपष्ट पारिदिएका थिए । करीब पाँच मिनेट भित्रै तोडफोड गरी आक्रमणकारी थहानगर–४ किटेनीतर्फ भागेको अर्का कर्मचारी नारायण दहालले बताउनुभयो ।

घटनास्थलबाट प्रहरीले एक थान मोबाइल फेला पारेको र उनीहरूको खोजीकार्य भइ रहेको प्रहरी प्रमुख धु्रवप्रसाद शिलवालले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !