२१ बैशाख २०८१, शुक्रबार

संविधान सबैले स्वीकारे


sambidhan

१० असोज, इलाम । पूर्वसभामुख तथा सांसद सुवास नेम्बाङले अहिलेको संविधान सबैले स्वीकारी सकेको दाबी गर्नुभएको छ ।

किराँत याम्थुङ चुम्लुङको कार्यक्रमलाई आज इलाममा सम्बोधन गर्दैै नेम्बाङले ९० प्रतिशत संसद्ले हस्ताक्षर गरेको संविधानलाई हालसम्म आउँदा सबैले स्वीकार गरेको उल्लेख गर्नुभयो ।

नेम्बाङले संसारका कुनै पनि देशमा शत्प्रतिशत स्वीकारेका संविधान नबनेकाले नेपालको संविधान उदाहरणीय भएको दावी गर्नुभयो । “नेपालको संविधान अधिकतम् जनताका प्रतिनिधिले स्वीकार गरेका संविधान हो,” नेम्बाङले भन्नुभयो, “कुनै पनि देशमा यति प्रतिशत सांसदले संविधानमा हस्ताक्षर गरेका छैनन् ।”

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता नेम्बाङले त्यही संविधानलाई स्वीकारेर मन्त्रीको शपथ खाएकाले संविधान स्वीकार्य छैन भन्नु गलत भएको बताउनुभयो । उहाँले फरक प्रसङ्गमा प्रदेशको स्थायी राजधानी र नामकरणका बारेमा सबै अधिकार प्रदेशका सांसदलाई दिएकाले सबै मिलाउने जिम्मा पनि प्रदेश सांसदकै हो भन्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !